२५ मंसिर- काठमाडौं, सरकार र जेनजीहरुबिच भएको १० बुँदे सम्झौतालाई एमाले अध्यक्ष केपी ओलीले फजुल कागज भनेका छन्।
एमालेको ११ औँ महाधिवेशन अगाडि सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले बुधवार भएको सम्झौता कार्यक्रमलाई कलाविहीन नाटक भएको टिप्पणी गर्दै जेनजीहरुले नै सम्झौता अस्वीकार गरेर च्यातेको बताएका छन।

उनले भने “हिजोको कलाहीन नाटकको पटाक्षेप कसरी भयो भन्ने पनि देखियो। यो सरकार कुनै यस्तो सम्झौता गर्ने म्यान्डेट पाएको छैन। कसैले भोट हालेको छरु चुनेको छर ?, गोबर लगाएर टाँसेको हैन ?”
उनले अन्तर्क्रियामा एमाले सकियो भन्नेहरूलाई भक्तपुरको ठूलो मैदानमा जवाफ दिने भन्दै कार्की नेतृत्वको सरकारलाई नाग पञ्चमीमा गोबरले टाँसेको नाग भएको बताएका छन। उनले कार्यक्रममा पटक पटक कार्की नेतृत्वको सरकारलाई गोबरले टाँसेको नाग भन्दै खिसीटिउरी गरिरहे।
प्रतिक्रिया दिनुहोस्