यात्रु बस नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु

५ मंसिर – कम्बोडिया, एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ बस गइरहेको थियो ।

बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको हो । बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।प्रारम्भिक अनुसन्धानले बसका चालक रात्रि समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशङ्का गरिएको छ। मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्