तोकिएको समयमा काम पूरा नगरेका सम्पूर्ण ठेक्का रद्द

१ मंसिर- काठमाण्डौ, निर्माण व्यवसायीहरूले तोकिएको समयमा काम पूरा नगरेपछि सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत कडाइका साथ कारबाही गरिएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा कडाइका साथ अघि बढाइएको निगरानी र अनुगमन प्रक्रियामा लामो समयदेखि अलपत्र रहेका ठेक्का सम्झौताहरू औपचारिक रूपमा रद्द गरिएका छन।

ठेकेदारहरूलाई बारम्बार चेतावनी र स्पष्टीकरण मागे तापनि, चित्तबुझ्दो जवाफ नपाएका कारण सरकारी कार्यालयले उक्त सम्झौताहरू रद्द गर्ने निर्णय लिएको हो।मन्त्री घिसिङका अनुसार, अब ढिलासुस्ती सहन नहुने र समयमै गुणस्तरीय काम सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन। निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र सम्पर्क गरी आवश्यक वित्तीय फरफारक गर्ने अवसर दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्