३० कार्तिक – काठमाडौं, नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो ।

नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङ गरेको को अमेरिका ९।४ ओभरमा १७ रनमै समेटिएको थियो। दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो। तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्