३० कार्तिक – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ६ हजार ९ सयले घटेको हो ।

गतसाताको शुक्रवार सुन तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज आइतवार चाँदी ३ हजार १ सय ३५ रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलनामा १५० रुपैयाले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्