२८ कार्तिक- भारत, पुणेमा बिहीबार साँझ ब्रेक फेल भएको एक ट्रकले २० देखि २५ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृ’त्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।

मृ’त्यु हुनेहरूमा ट्रक चालकसहित नौ जना रहेका छन्। प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। दुर्घटनापछि प्रहरी र दमकलका गाडीहरू तत्काल घटनास्थलमा पुगेका थिए। उनीहरूले आगो नियन्त्रणमा लिएर उद्धार कार्य अगाडि बढाएका थिए।
दुर्घटनामा घाइते भएका करिब २० जनालाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस्