२७ कात्तिक – विराटनगर, नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ’त्यु भएको छ ।उक्त गाडी नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको रहेको छ ।

बिहीबार दिउँसो को १ झ ६५० नम्बरको सरकारी गाडीले विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनाको समयमा सांसद आङ्बो भने गाडीमा थिएनन् । गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्