भारतबाट भन्सार छलि गरी ल्याइएका अबैध सामान प्रहरीले बरामद गरेको छ

२७ कार्तिक-सुदूरपश्चिम, सुदूरपश्चिमप्रदेशका धेरै स्थानबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अबैध सामान प्रहरीले बरामद गरेको छ।

 

कैलाली, कञ्चनपुर र डडेल्धुरामा प्रहरीले भारतबाट भन्सार छलि गरी ल्याइएका अबैध सामानहरु जिल्ला प्रहरी कार्यालय र मातहत इकाइबाट खटिएका टोलीहरूले मंसिर २६ गते विभिन्न स्थानमा गरी करिब रु.४ लाख २ हजार मूल्य बराबरका सामान नियन्त्रणमा लिएका छन्।


कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकको भित्री सडकखण्डबाट करिब रु।६४ हजार बराबरका सुटपिस, स्विटर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भासी, वडा नं. ४ बसपार्क, वडा नं. १५ गोबरिया र दोधारा चाँदनी नगरपालिका–८ शिव मन्दिर नजिकको सडकछेउबाट करिब रु. ३ लाख ११ हजार बराबरका चिनी, मिश्री, नल्काका सामान, माछा र मोटरसाइकल (१ थान) यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–३ शिर्षबाट इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले करिब २७ हजार मूल्य बराबरका बिडी बेवारिसे अवस्थामा फेला पारेको छ।

प्रहरीका अनुसार सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा पठाइने छ।

प्रतिक्रिया दिनुहोस्