२७ कार्तिक- कैलाली, धनगढीबाट एक १९ वर्षीय युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ परेका छ ।
धनगढी उपमहानगरपालिका–३ चौराहाबाट १९ वर्षीय युवक लागूऔषधसहित पक्राउ परेका हुन।

मंगलबार राति करिब ८ः३० बजे वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका दिलिप सिजापतिलाई शंका लागि जाँच गर्ने क्रममा २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्