१५ असोज- बारा, उकालोमा बसको ब्रेक फेल भई पछाडि सरेर मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृ’त्यु भएको छ । घटना पथलैया-हेटौंडा सडकखण्डको चुरियामाई नजिक भएको हो । उक्त घटनामा घाइते तीन नाबालकसहित ४ जनालाई उपचारका लागि हेटौंडा लगिएको छ ।
जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुवाहक बसको अचानक ब्रेक फेल भई पछाडि रहेका दुइवटा मोटरसाइकलसँग ठोक्किएको थियो। बस ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेको ना १२ प ३३६० र मधेश प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मृ’त्यु हुनेमा ना १२ प ३३६० नम्बरको मोटरसाइकल चालक २५ वर्षीय मकेश्वर पटेल र मधेस प्रदेश ०३-०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा पछाडि सवार २६ वर्षीया कविता देवी रहेका छन् । उपचारका लागि कलैया लैजाँदै गर्दा बाटैमा दुवै जनाको मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक कविताका श्रीमान् कञ्चनकुमार पटेल घाइते भएका छन् ।
बस चालक सर्लाही लालबन्दी नगरपालिका-३ का ४७ वर्षीय विश्वनाथ चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्