बसको ठक्करबाट एक महिलाको मृत्यु

१४ असोज-बैतडी, बसको ठक्करबाट एक महिलाको मृ’त्यु भएको छ। घटना मंगलवारको दिन बैतडीमा भएको हो ।

दशरथचन्द नगरपालिका-२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नम्बर १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृ’त्यु भएको हो।


जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्