१३ असोज- नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा फेरी पनि पहिरो गएको छ। गत बिहीबारदेखि खुलेको बाटोबाट निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले बाटो पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले जनाएको छ। पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ। यसअघि बिहान ७ बजे पनि पुलनजिकै पहिरो खसेको र आधा घण्टाभित्र कार्यालयले पहिरो हटाएर यातायात सुचारु गरेको थियो।
प्रतिक्रिया दिनुहोस्