अभिनेता र्‍यालीमा भागदौड मच्चीँदा हाल सम्म ३९ जनाको मृत्यु, संख्या बढ्न सक्ने

१२ असोज- भारत, शनिबार साँझको भागदौडमा मृत्यु हुनेकोको संख्या ३९ पुगेको छ। घटना अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा भएको हो ।

तमिलनाडुको करुरमा आयोजित र्‍यालीमा भएको भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि रहेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ। बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी छ। उक्त दुर्घटनामा विवाह भएको एक वर्ष मात्र भएको तिरुचिरापल्ली जिल्लाका थमराइक्कननको पनि मृत्यु भएको छ। उनकी श्रीमती नौ महिनाकी गर्भवती थिइन्।

 

२८ मृतक करुर जिल्लाका बासिन्दा थिए, उनिहरु मध्ये सात जना एउटै गाउँका थिए। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्