बाबुराम भट्टराईले अध्यक्षपदबाट राजीनामा दिए

८ असोज-काठमाडौं, डा. बाबुराम भट्टराईले अध्यक्षपदबाट राजीनामा दिएका छन् । उनि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष पदमा रहेका थिए ।

 

आज बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले राजीनामा पेश गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । साथै, महाधिवेशनका लागि आयोजक कमिटी समेत गठन गरिएको छ । आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्