सुन र चाँदीको मूल्यले इतिहास रच्ने कायमै

०८ असोज- काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदीको मूल्यले इतिहासकै सबैभन्दा बढी मूल्य कायम राखी रहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १ हजार ३ सयले बढेको हो ।

हिजो मंगलवार सुन तोलामा २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बुधवार चाँदी २ हजार ७सय रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो मंगलवारको तुलनामा २० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्