नुहाउन गएकी बालिका बेपत्ता

७ असोज- प्यूठान, झिमरुक नदीमा नुहाउन गएकी बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा झिमरुक गाउँपालिका–८ गोब्दीका पिमबहादुर सामतकी १० वर्षीया छोरी खुशी सामत रहेकी छन । उनलाई नुहाउने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हुन् ।


नदीले बगाएकी खुशीको अहिले इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी र स्थानीयले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्