७ असोज- विराटनगर, प्रहरीले स्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो। विराटनगर महानगरपालिका–१७ बाट ठुलो मात्रामा रकम बरामद गरिएको हो। प्रहरीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो। विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको हो।
प्रहरीका अनुसार बरामद भएको १ हजार दरका २ सय ८४ र ५ सय दरका २ हजार ३ सय ३२ वटा नोट छन्। उक्त रकमको स्रोत खुलाउन नसकेपछि साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्