खुकुरी प्रहार गरी एकजनाको ह’त्यामा संलग्न दाजुभाइ पक्राउ

७ असोज -झापा, धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्यामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। घटना सोमबार राति भएको हो ।

बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले सोही ठाउँका छिमेकी अन्दाजी ३५ वर्षीय फुर्वा तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको हो ।


घरमा सुतिरहेका तामाङको शरीरका विभिन्न भागमा खुकुरी प्रहार भएको छ । हत्या गर्ने व्यक्तिलाई स्थानीय गाउँलेले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको खुकुरी र बसिला प्रहरीले बरामद गरेको छ ।

आरोपी दाजुभाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । यता गाउँलेका अनुसार समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरी अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्