करिब २ सय ३६ किलो ७ सय ५० ग्राम गाँजासहित मिनिट्रक बरामद

७ असोज- बारा, अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मिनी मिनिट्रक बरामद भएको छ । घटना जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजको हो ।

प्रहरीले मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्