५ असोज- काठमाडौं, नेपालमा भएको ‘जेन–जी आन्दोलन’ र त्यसक्रममा हजारौं कैदीहरू जेलबाट भागेपछि युएईले नेपाली नागरिकहरूलाई भिसा जारी गर्न रोक लगाएको मा शुक्रबार नै नेपाली टोली उड्ने तयारी भएपनि रोकिएको थियो । तर आईसिसीको पहलमा आज भिसा प्राप्त भएको छ ।
२ पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलाका लागि अब नेपाली टोली भोलि युएई उड्ने छन । नेपालविरुद्धको सिरिजका लागि वेस्ट इन्डिजले आफ्नो १५ सदस्यीय टोली घोषणा गरिसकेको छ, जसमा निकै अनुभवी र प्रभावशाली खेलाडीहरू समावेश छन् । नेपालले पनि आफ्नो टोलीलाई तयार पारेको छ, र यो शृंखलाले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्किने अवसर दिनेछ ।
प्रतिक्रिया दिनुहोस्