काठमाडौंमा बस दुर्घटना, ३४ जना घाइते

५ असोज- काठमाडौं, बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। दुर्घटना आइतबार बिहान बालाजु बाइपासमा भएको हो । बा. ५ ख ५० नम्बरको बस पल्टिएर दुर्घटनामा परेको हो।

 

पल्टिएको बसलाई अहिले क्रेनको सहायतामा उठाइएको छ। दुर्घटनामा घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्