कारसहित ५३८ केजी गाँजा बरामद

३ असोज -मोरङ, प्रहरीले ५३८ केजी लागुऔषध गाँजासहित एउटा कार बरामद गरेको छ। विराटनगर महानगरपालिका-८, हाटखोलाबाट प्रहरीले यी सबै बरामद गरेको हो ।

असोज २ गते राति करिब ८:४० बजे शङ्कास्पद अवस्थामा रहेको प्रदेश १-०२-००१ च १६६६ नम्बरको सिल्भर रङको कारको जाँच गर्दा उक्त गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। कारमा लोड गरेर राखिएको अवस्थामा फेला परेको गाँजा र गाडी बेवारिसे अवस्थामा भेटिएको हो।


प्रहरीले बरामद गरिएको गाडीसहित गाँजाको थप अनुसन्धान गरिरहेको छ। साथै, घटनामा संलग्न चालक र अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्