३ असोज -काठमाडौं, प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले शुक्रबार विज्ञप्तिमार्फत् आफू सक्रिय राजनीतिमा आएको दुई वर्ष भएको उल्लेख गर्दै अहिलेको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीप्रति माफी माग्ने बताएका छन।
उनले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवार ठहर्याउँदै जेन–जीलाई गाली गर्नु आफ्नै सन्ततिलाई गाली गर्नुसरह भएको बताएका हुन। सबैलाई अब आवेग, उत्तेजना र प्रतिशोध त्याग्न आग्रह उनले गरेका छन्। इतिहासको घाउ कोट्टयाएर भविष्य थप अनिश्चित नबनाउन समेत उनले अपिल पनि गरेका छन्।
उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरूपछि नेपालीहरू सामान्य अवस्थामा फर्किने प्रयास गरिरहेको उनले बताए । देशसँग एकातिर भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरु रहेको र अर्कातिर भदौ २४ गतकोे वितन्डाले देशवासीको मनभित्र छोडिगएका अनेक प्रश्न, संसय र पीडाहरु रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्