५ हजार केजी गाँजा बरामद

२९ भदौ -सुनसरी, ५ हजार केजी गाँजा बरामद भएको छ। उक्त गाँजा इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट बरामद गरिएको हो ।

 

सशस्त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी पकलीबाट खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरीले गस्ती गर्दै जाने क्रममा ना ४ ख २७११ न. को ट्रक र बा ५ ख १९६९ नं. को मिनी ट्रक नियन्त्रणमा लिएर चेकजाँच गदाृ ५ हजार केजी गाँजा बरामद गरिएको छ ।

चेकजाँच गर्दा ठूलो ट्रकमा लोड गरिएको १३४ बोरा र मिनि ट्रकमा २४ बोरा भित्र गरी जम्मा ५ हजार केजी गाँजा बरामद भएको छ । प्रहरीका अनुसार हाल देशभर जेनजी आन्दोलनका कारण कर्फ्यु र निषेधाज्ञा जारी भएको मौका छोपी धनकुटाबाट तस्करहरूले ठूलो परिमाणमा गाँजा भारततर्फ लैजान खोजेका थिए। तर सशस्त्र प्रहरीको गस्ती टोलीले समयमा नै नियन्त्रणमा लिएर ठूलो मात्रामा गाँजा भारततर्फ जानबाट रोकिएको हो।

 

दुवै गाडीका चालक र संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। डीआईजी न्यौपानेले बरामद भएको ट्रक सहितको गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्