दुई महिने सुत्केरीमाथि अपरिचित पुरुषले बलात्कार गरे

२९ भदौ – मकवानपुर, दुई महिने सुत्केरीमाथि एक अपरिचित पुरुषले बलात्कार गरेका छन । घटना राक्सिराङ गाउँपालिका–१ मा दुई महिने ती सुत्केरीमाथि भएको हो ।

शनिबार इन्द्रुङ भन्दने स्थानमा एक अपरिचित पुरुषले श्रीमानलाई नियन्त्रणमा लिएर २३ वर्षीया सुत्केरी महिलालाई बलात्कार गरेको हुन । घटनापछि पीडितका श्रीमानले प्रहरी चौकी राक्सिराङमा जाहेरी दिएको र हाल घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई हाल सेफ हाउस हेटौंडामा सुरक्षित राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्