प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेसंगै मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय

२९ भदौ- काठमाडौं, जेन-जीको आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ। जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन्।

यस्तै विभिन्न अस्पतालमा १९१ जना घाइतेको उपचार भइरहेको छ। मृतकलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पद ग्रहण गरे लगत्तै उनले यस्तो निर्णय गरेको अर्यालले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्