अज्ञात महिलाको शव फेला

२२ भदौ -सप्तरी, एक महिलाको शव फेला परेको छ । महिलाको शव शम्भुनाथ नगरपालिकामा फेला परेको हो ।

नगरपालिकाको वडा नम्बर ७ भंगाहा स्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।

शनिबार साँझ खोलाको पूर्वपट्टि रहेको काशघारी नजिक अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । मृतकको पहिचान अझै खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको प्रहरीका्े भनाई छ ।

शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोरखापत्र

प्रतिक्रिया दिनुहोस्