२२ भदौ -अस्ट्रेलिया, मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ ।
मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा दुर्घटनामा भएको थियो। साथीसँग जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको हो । घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका थिए । अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका छन । हाइवेमा गाडी रोकेर उनीहरूले कंगारुलाई बचाउने प्रयास गरेका थिए । सोहीक्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो । एक नर्सको घटनास्थलमै मृत्यु भएको थियो भन अर्की एक नर्सको मृत्यु अस्पतालमा भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले यस बिषयमा छानबिन अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्