२२ भदौ – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुनको मूल्यले भारी कृर्तिमानी कायम गरेको छ । साथै चाँदीको मूल्य पनि उच्चरुपले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १६ सयले बढेको हो ।
गतसाताको शुक्रवार सुन तोलामा २ लाख १० हजार ४ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज शुक्रवार चाँदी २ हजार ५ सय रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसातको शुक्रवारको तुलनामा १० रुपैयाले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्