२० भदौ- सिरहा, स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान ११ बजेको समयमा बसले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै मृत्यु भएको हो । निजी विद्यालयको बसको ठक्करले गोलबजार नगरपालिका-२ टुर्कियामा पैदल हिँडिरहेका स्थानीय मदन साहका ८ वर्षीय छोरा आदर्श साहको मृत्यु भएको हो । ठक्कर दिने ग १ ख ३७८८ नम्बरको बस गोबजारस्थित ट्रिनिटी बोर्डिङ स्कुलको हो ।
बालकको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। बसका चालक गोलबजार-३ का २८ वर्षीय विमल भुजेल फरार छन् भने उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्