हिंसात्मक विरोध प्रदर्शनमा कम्तीमा १० जनाको मृत्यु

१८ भदौ- इन्डोनेसिया, जकार्तामा गत हप्ता भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

 

विरोध प्रदर्शन आर्थिक असमानता र सांसदका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो । अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्न थाले ।

 

नौ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् र हजारौँलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ । बेपत्ता र हिंसाका पीडितको लागि आयोग ९कन्ट्रास० ले सोमबारसम्म कम्तीमा २० जना बेपत्ता भएको जानकारी दिएको छ । विरोध प्रदर्शनले सुरुमा राष्ट्रपति प्रबोवो सुबिआन्तोको चीन भ्रमण रद्द गराउन बाध्य बनायो । तर राज्य सचिवालयमन्त्री प्रसेटिओ हादीले मङ्गलबार स्थिति शान्त भएको बताएपछि राष्ट्रपति भ्रमणमा जाने योजना बनाएका छन ।

प्रबोवोले बुधबार बेइजिङमा भव्य सैन्य परेडमा भाग लिएका थिए र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पनि ‘अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको सबै कथित उल्लङ्घनको द्रुत, गहन र पारदर्शी अनुसन्धान’ गर्न आह्वान गरेको छ । राष्ट्रिय प्रहरीले यस टिप्पणीका लागि जवाफको अनुरोधमा तत्काल जवाफ दिएको छैन ।

-रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्