अपहरण गरेको आरोपमा ३ जना पक्राउ

१७ भदौ -काठमाडौं, एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ परेका छन । काठमाडौंको तारकेश्वरबाट उनिहरुपक्राउ परेका हुन ।

बालाजुबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका– १ बस्ने ४१ वर्षीय विराजसिंह लवट खत्री, ४४ वर्षीय राज लवट खत्री र ३९ वर्षीय सन्तोष महर्जनलाई पक्राउ गरेको हो । यही भदौ १६ गते दिउँसो साढे ३ बजेतिर फुटुङस्थित पदम चन्द्र स्कूल नजिकबाट उनीहरूले एक जनालाई अपहरण गरेको भन्ने सूचनाका आधारमा प्रहरी अनुसन्धान गरेको थियो । तारकेश्वर–१ स्थित एक घरबाट मोबाइल समेत अफ गरी ती व्यक्तिलाई बन्धक बनाएर राखेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्