कुकुरलाई तडपाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल

१३ भदौ- चितवन, अहिले सामाजिक सञ्जालमा कुकुरलाई तडपाएर मारेको भिडियो भाइरल छ । दुई पुरुषले कुकुरलाई मासु देखाएर नजिक बोलाउँछन् । कुकुर नजिक आएपछि टाउकोमा लाठी र फरुवाले हानेर तड्पाउँदै मार्छन् । उक्त भिडियो हेर्नै नसकिने र धेरै नै र्कुरताले भरिएको छ ।


चितवन पदमपुरस्थित कालिका क्षेत्रका दुई पुरुषले कुकुरलाई मासु देखाएर निर्ममतापूर्वक हत्या गरेका छन् । यस घटनाप्रति पशु अधिकारकर्मी र सर्वसाधारणले चासो देखाएर अपराधीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । घटनाको प्रत्यक्षदर्शीका अनुसार, कुकुरले टोक्न आयो भनेर उसलाई मासु देखाइ फकाएर लाठी र फरुवाले हिर्काएर मारिएको हो ।

घटनाको एक प्रत्यक्षदर्शीले सो दृश्य हेर्नै नसकिने भएको बताइन् । ‘अफिसको कामले भिजिटमा थिएँ, बाटोमा यो घटना देखेपछि २३–२४ सेकेन्डको भिडियो रेकर्ड गरेँ’ ‘भिडियो बनाएको थाहा पाएपछि ती मान्छेहरूले मलाई पछ्याए । म त्यहाँबाट अटो चढेर भाँगे ।’ आफूले प्रहरीमा उजुरी गर्न खोज्दा कसैले साथ नदिएको गुनासो उनको छ ।

 

प्रहरी बिट पदमपुरका अनुसार, घटनाको जानकारी केही समयअघि मात्र प्राप्त भएको छ । ‘हामीले भिडियो र घटनाबारे थाहा पाएका छौं । अनुसन्धानका लागि घटनास्थलमा टोली पठाउन लागेका छौं’

प्रतिक्रिया दिनुहोस्