२० जना सवार जिप दुर्घटनामा १९ जना घाइते

१२ भदौ – सल्यान, जिप दुर्घटनामा १९ जना घाइते भएका छन्। सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

 

लु १ ज २३६८ नम्बरको जिप रेसमज्युला नजिकै ग्रामीण सडकमा बिहीबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको हो।

जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ। जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्