माओवादी पार्टीमा प्रचण्डले गुटबन्दी हुन नदिने

११ भदौ – काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा गुटबन्दी हुन नदिने बताएका छन् ।

 

कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उनले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन, नेपाल पर्वतारोहण संघ लगायत संस्थाको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकका रूपमा चित्रण गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्