१० भदौ- भियतनाम, टाइफुन काजिकीका कारण मङ्गलबारसम्म ३ जनाको मृत्यु भएको छ । उखेलिएका रूख र बिजुलीका तारले गर्दा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन कष्टकर बनाएको छ ।
सोमबार मध्य भियतनाममा आएको आँधीले हजारौँ घरका छत उडाएको छ भने १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।
मङ्गलबारसम्म तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको पुष्टि भएको छ । भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौँ रूख र छतका प्यानल हटाइरहेका थिए ।
बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लाओस–चीन रेलमार्गले सोमबार र मङ्गलबार सबै सेवा रोकेको छ भने केही सडक विच्छेद भएका छन्
प्रतिक्रिया दिनुहोस्