८ भदौ- भारत, आफ्नी बहिनीलाई दुर्व्यवहार गर्ने एक युवकको चक्कु प्रहार गरी एक २१ वर्षीय युवकले हत्या गरेका छन् । घटना भारतको मध्यप्रदेशस्थित गुनामाको हो ।
उनले आफ्नो बहिनीले आफ्नो जन्मदिनको केक काटेको चक्कु उक्त युवकको हत्या गरेका हुन।
प्रहरी अनुसन्धानका अनुसार मृतक अनिलले आरोपी अभिषेक टिङ्गाकी बहिनीसँग लगातार सम्पर्क गरी उनलाई दबाब दिइरहेका थिए । उनले युवतीलाई बिहे गर्न आग्रह गर्दै सुनचाँदीका गहना दिने प्रलोभन देखाएका थिए ।
पीडित युवतीले दाइ अभिषेकलाई सबै कुरा बताएपछि उनी आक्रोशित भएका थिए । त्यसपछि अभिषेकले आफ्ना साथीहरूसँग मिलेर अनिलको हत्या गर्ने योजना बनाए । प्रहरीका अनुसार अभिषेक र उनका साथीहरूले हत्याको योजना बनाउन अनलाइनबाट पाँच वटा चक्कु मगाए र कैयौं दिनदेखि अनिलका गतिविधिमाथि निगरानी गरिरहेका थिए ।
शुक्रबार अनिल रक्सी पिइरहेको सूचना पाएपछि अभिषेक र उनका साथीहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अनिललाई घेरा हालेर जन्मदिनको केक काटेको त्यही चक्कुले आक्रमण गरे । घटनापछि सबै आरोपी फरार भएका छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको र फरार आरोपीहरूको खोजी भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्