क्याम्पस भ्यान दुर्घटनामा छ जना घाइते

६ भदौ -बागलुङ, विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको हो, भ्यान हरिचौरबाट हटिया जाँदै गरेको थियो ।


दुर्घटनामा १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटले जानकारी दिएको छ ।

 

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्