जुवातास खेलिरहेका आठ जना पक्राउ, दुई लाख बढी रकम बरामद

५ भदौ – कैलाली, जुवातास खेलिरहेका आठ जनालाई प्हरीले पक्राउ गरेको छ। उनिहरुको साथबाट दुई लाख १३ हजार नगद समेत बरामद भएको छ ।

 

गएराति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाईनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहित आठ जना पक्राउ परेका हुन्।

 


जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। उनीहरुको साथबाट ४ गड्डी तास र ९ थान मोबाईल पनि बरामद गरिएको छ। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्