संकेतिक तस्विर
४ भदौ काठमाडौं, महानगर यातायातको बसभित्रै एक महिलाको गलाबाट सिक्री लुटिएको छ ।
चाबहिलस्थित ओम अस्पताल अगाडिबाट महानगर यातायातको बस चढेकी महिला माछापोखरी पुग्दा सिक्री लुटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
२० वर्षकी महिला र उनका बाबु सँगै बस चढेका ४ ५ जनाको समूहले आधा तोलाका सिक्री लुटेको प्रहरीले बताएको छ ।लुटपाट गर्ने व्यक्तिको हुलिया पहिचान भएको प्रहरीले बताए पनि उनीहरू पक्राउ परेका छैनन् ।
बसभित्रै लुटिएको जानकारी पाएपछि प्रहरी वृत्त बालाजुबाट १० जना र सादा पोशाकको टिम सेफ्टी पिन टोली समेत घटनास्थलमा खटिएका छन ।
प्रतिक्रिया दिनुहोस्