भन्सार छली गरी ल्याइएका लाखौका सामान बरामद

३ भदौ- काठमाडौ, कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।

 

कैलालीको भजनी नगरपालिका–५ कालापातल तथा पगियापसार कालिका मन्दिर नजिक प्रहरीले बेवारिसे अवस्थामा विभिन्न सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालयले अन्दाजी एक लाख ७३ हजार पाँच सय रुपैयाँ बराबरका कीटनाशक औषधि, एउटा साइकल लगायतका सामान नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रमा समेत प्रहरीले भन्सार छली गरि ल्याएका सामान फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका गस्ती टोलीले अन्दाजी दुई लाख ३४ हजार बराबरका प्याज, पेय पदार्थ, विभिन्न किसिमका कपडा, हार्डवेयर तथा किराना सामान नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्