२ भदौ- म्याग्दी, सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गयो भने अन्य पाँच जना घाइते भएका छन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो गएको हो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासी खसेको सुख्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारि दिएको छ । पहिरोमा परेर मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलतर्फ प्रहरी टोली बेनीबाट हिँडेको जानकारी आएको छ ।
घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको छ । घाइते भएकाहरुको उपचारका लागि बेनी अस्पतालतर्फ लगिँदै छ । मृतकको नाम खुले पनि ठेगाना र घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
-गेरखापत्र
प्रतिक्रिया दिनुहोस्