१ साउन – बुटवल, बोलेरो पिकअप जीपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
बुटवल बेलबासमा लु १ ज ४४६६ नम्बरको बोलेरो जीपले लु ९ प १६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्घाखाँची घर भई हाल तिलोत्तमा-४ बस्ने करिब ३५ वर्षका गोकुल अर्यालको मृत्यु भएको छ ।
शनिबार राति ११ बजेतिर मोटरसाइकमा ठक्कर दिएर गाडी फरार रहेको छ । फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
उक्त गाडी सुनवलका सैजिन्द्र कुमार मिस्रीको रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्