१ भदौ – सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ३५ मिलिग्राम सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लाल बहादुर विक, धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३१ वर्षीय कुमार बिडारी र दोलखा मेलुङ गाउँपालिका-२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१० उत्तरपानी डेरा गरी बस्ने गरी बस्ने सहिदभुमि गाउँपालिका-६ सुक्याल घर भएका २७ वर्षीय अशोक राईलाई नियन्त्रित लागूऔषध ट्रामोल ६ सय १० ट्याब्लेट, स्पास्पेन ६० ट्याब्लेट, स्पास्मो ९४ ट्याब्लेट र टापेन्टाडोल १० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ग्राम सहित कास्की पोखरा महानगरपालिका-१५ बस्ने ३२ वर्षीय मिलन परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडेबासबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६८ एम्पुल, डाईजेपाम ७२ एम्पुल र प्रोमेथाजाइन ६७ एम्पुल सहित त्रियुगा नगरपालिका-१० बोक्से बस्ने २३ वर्षीय सुजन राउतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हाडेबासबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २९ वर्षीय लबिस सुनार र २७ वर्षीय सुशिल चन्द रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ पिपलडालीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८१ ट्याब्लेट सहित सोही महानगरपालिका-१८ लामगाउँ बस्ने २३ वर्षीय अमन श्रेष्ठ समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ग.१४ प ४६४३ नम्बरको स्कुटर जाँज गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरी सिलवाल र २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेको सिटि सफारीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्