३० साउन – काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित तारकेश्वर नगरपालिका-५ घर भएका ४२ वर्षीय सूर्य लामाले संचालन गरेको होटल एसपिएस गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक ४९ वर्षीय कमानसिंह केसी समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ८ सय ९० रूपैयाँ र ५२ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्