ओलीले गरे प्रचण्ड कटाक्षः अहिले रूचि छैन भनेर हुन्छ

२८ साउन काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्न नसकेपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले रूचि छैन भनेर टिप्पणी गरेका छन् ।

 

ओलीले बलियो संसदीय गणितको जगमा उभिएको सरकार ०८४ सम्मै जाने बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा बताएका हुन् । ‘आजै ढल्छ, भोलि ढल्छ भन्ने । नढलेपछि अहिले रूचि छैन भनिदिने जतिसुकै चाहना राखे पनि आगामी ०८४ सम्म यही समीकरण अघि बढ्छ,’ ओलीले भने ।

‘प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्‌मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के का लागि रु देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन र हुन सक्दैन,‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’ ओलीले भने

 

प्रतिक्रिया दिनुहोस्