ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२५ साउन – नवलपरासी, ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। घटना गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज भएको हो ।

 

नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो।

स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ। उनीहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्