२० साउन- काठमाडौं, नेपालमा भारतबाट साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान गरि रहेको छ । उनको लामो समयदेखि खोजीको भई रहेको थियो ।
भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको संलग्नता रहेको ब्युरोको जनाएको छ । ती भारतीय नागरिकले साना हतियारहरू अवैध गतिविधिमा संलग्नहरूका लागि भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस्