बोलेरो दुर्घटनामा पर्दा १५ जनामध्ये ११ को मृत्यु

१८ साउन- भारत, बोलेरो दुर्घटनामा पर्दा ११ को मृत्यु भएको छ।

उत्तरप्रदेश स्थित गोंडामा बोलेर अनियन्त्रित भई सरयू नहरमा खस्दा ११ को मृत्यु भएको हो। यो बोलेरोमा धेरै जस्तो एकै परिवारका रहेको जानकारी आएको छ।

१५ जना सवार रहेको बोलेरो पृथ्वीनाथ मन्दिरमा जल चढाउनका लागि भक्तजन लिएर गइरहेको थियो। स्थानीय मानिसहरुले पुलिसलाई दुर्घटनाको सूचना दिएकोमा घटनास्थल पुगेको पुलिसले स्थानीयसँग मिलेर सबहरु नहरबाट बाहिर निकालेको थियो। मृतकहरुमा पुरुष महिला र बच्चाहरु पनि रहेको छन।

तेस घटनाको भिडियोमा मानिसहरुले सिपीआर दिएर घाइतेहरुलाइ बचाउने प्रयास गरिरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्