१५ साउन- काठमाडौं, राप्रपा पाल्पाका एक जना नेतामाथि हातपात भएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव छत्र खडायतले राप्रपा पाल्पाका नेता राजु गैरेलाई बुधबार साँझ धुम्बाराहीमा हेल्मेटले कुटपिट गरेका हुन्।
घटनापछि गैरेले स्वकीय सचिव खडायतविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका छन। गैरेले आफूमाथि कुटपिट भएको घटना र सिसि क्यामेरा फुटेजसमेत फेसबुकमा राखेका छन्।
गैरे एक रेस्टुरेन्टमा साथीहरूसँग चिया पिएर बसिरहेका बेला खडायतले बुधबार साँझ करिब साढे ६ बजे कुटपिट गरेका थिए। एक साथीसँगै मोटरसाइकलमा पुगेका खडायतले गैरेमाथि हेल्मेट प्रहार गरेका हुन। घटना धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयनजिकै भएको हो।
उनले हालै सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनविरूद्ध स्टाटस लेखेका थिए।
उनले आफ्नो पोस्टमा लेखेका थिए “तिमीहरूलाई पञ्चे गन्हाएको थियो भने राप्रपा किन प्रवेश गरेको, अनि राजेन्द्र लिङ्देनका कुरा गर्छौ? ऊ के पञ्चे होइन ? जसको चाकडीका लागि बोलिराखेका छौं, उसैलाई गाली त नगर, अलिकति पढेर विद्वान बन,’
स्वकीय सचिव खडायतले अध्यक्ष लिङ्देनविरूद्ध किन सामाजिक सञ्जालमा लेखेको भन्दै गैरेमाथि हेल्मेट प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्